Friday, May 29, 2009

नमुना संविधान

कास काठमाडौं,
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=195604

भूगोलका आधारमा ७ वटा राज्य प्रस्तावसहित संविधानविद् विपिन अधिकारीले नमुना संविधान बिहीबार सार्वजनिक गरेका छन् ।

नयाँ संविधान निर्माणका लागि मुलुकभर छलफलका लागि सहयोग पुर्‍याउने उद्देश्यले नमुना संविधान प्रस्ताव गरेको अधिकारीले बताए । 'कुनै पूर्वाग्रह, छलकपट केही नराखी स्थापित मान्यता र जनआकांक्षालाई ख्याल गरेर तयार गरेको हुँ,' राजधानीमा दस्तावेज सार्वजनिक गर्ने कार्यक्रममा उनले भने ।

संवैधानिक कानुन, मानवअधिकार, कानुन सुधार र लोकतान्त्रीकरणमा निरन्तर लाग्दै आएका अधिकारीले आफ्नो विज्ञता र विज्ञ समूहरूको अन्तरक्रिया, छलफलसमेतका आधारमा उक्त दस्तावेज तयार पारेका हुन् । सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश एवं राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष केदारनाथ उपाध्यायले संविधान निर्माणका धेरै जटिल पक्षलाई समेटेकाले दस्तावेज महत्त्वपूर्ण
हुने बताए ।

नेपाल बार एसोसिएसन अध्यक्ष विश्वकान्त मैनाली, एमाले, कांग्रेस र माओवादी नेताहरू क्रमशः भरतमोहन अधिकारी, चक्र बास्तोला र सुरेश आले मगरले संविधानसभामार्फत बन्न गइरहेको संविधानलाई यसले सघाउने बताए ।

संविधानविद् सूर्य ढुंगेलले छरिएका अवधारणालाई समेटिएको बताए ।

Posted on: 2009-05-22 21:23:14
window.google_render_ad();

No comments:

Post a Comment