Friday, May 29, 2009

गणतन्त्र नेपालको भावी संविधान कस्तो हुनुपर्ला?

AVENUES TV 2009-5-21 20:03:19

http://www.avenues.tv/index.php?page=news&id=36368229

गणतन्त्र नेपालको भावी संविधान कस्तो हुनुपर्ला? संघीय संरचनाको ढाँचा कुन मोडेलको हुने? शासन प्रणालीको स्वरुप कस्ता बनाउनुपर्ला? यीनै मुद्दामा मुलुकभर बहस चलिरहेका बेला संवैधानिक कानुनका एकजना ज्ञाताले नमूना संविधानको मस्यौदा तयार पारेका छन्।

संविधानविद् डा. विपीन अधिकारीद्वारा लेखिएको सो नमूना संविधानले संघीय ढाँचा, शासन प्रणाली सहितको प्रष्ट खाका अघि सारेको छ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले 'नेपालको नमूना संविधान, २०६६' को विमोचन गर्नुभयो।

नयाँ संविधान निर्माणका लागि संविधानसभा र राष्ट्रव्यापी रुपमा बहस चलाउने उद्देशयले संविधान विशेषज्ञ समूहले नमूना संविधानको खाका बनाएको हो।

सो संविधानले भूगोलका आधारमा सातवटा प्रदेश सहितको संघीय व्यवस्थाको परिकल्पना गरेको छ। त्यसमा सगरमाथा, पूर्वी तराई, बागमती, अन्नपूर्णा, पश्चिम तराई, कर्णाली र महाकाली प्रादेशिक क्षेत्रको प्रस्ताव छ।

शासनप्रणाली प्रधानमन्त्रीय प्रणाली अनुरुप हुने र राष्ट्रध्यक्ष राष्ट्रप्रमुख हुने प्रस्ताव नमूना संविधानमा छ। यसले केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई र प्रदेशमा एक विधायिका रहने परिकल्पना गरेको छ।

नमूना संविधानमा २६ भाग, २ सय ९२ धारा र सातवटा अनुसूचीहरु छन्।।

No comments:

Post a Comment